१३ बैशाख, काठमाडौं । व्यवस्थापिका संसदको विकास समितिले सरकारी निकाय कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ ।

समितिको बुधबार बसेको बैठकले आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै दिइएका निर्देशन पालना गर्नसमेत सरकारी निकाय असक्षम भएको निष्कर्ष निकालेको हो ।

समितिले अझै सशक्त भूमिका निर्वाह गरी सरकारलाई देश र जनताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक निर्देशन दिने निर्णय पनि गरेको छ ।

समितिले सबै जिल्ला सडक संजाल विस्तारको कामलाई प्राथमिकता दिने योजना पनि बनाएको छ । त्यसैगरी समितिले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न अनुगमनको कामलाई प्रभावकारी ढंगले अघि बढाउने योजना तयार पारेको छ ।

हुलाकी राजमार्ग, निजगढ-काठमाडौं दू्रतमार्ग, उत्तर- दक्षिण राजमार्ग, कणर्ाली राजमार्ग निर्माणको कामलाई छिटो सम्पन्न गर्ने गरी सरकारलाई निरन्तर सचेत गराउने पनि समितिको तयारी छ ।

माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी, बुढिगण्डकी जल विद्युत आयोजना लगायतका आयोजनाहरुको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन भूमिका निर्वाह गर्ने योजना पनि तय गरिएको समितिका सभापति अधिकारीले जानकारी दिए ।

LEAVE A REPLY