पोखरा,२४ साउन l “पर्व तथा संस्कृतिको जगेर्ना गरौं, विकृति र विसंगति रहित तीज पर्व मनाऔं” भन्ने मूल नाराका साथ विगत बर्षहरुमा जस्तै यस बर्ष पनि आदर्श समाज (सामाजिक संस्था) पोखरा रानीपौवाले आफ्नै प्राङ्गणमा आउँदो भाद्र ८ गते बिहिबारका दिन नबौं खुल्ला तीज गीत प्रतियोगिता–२०७४ को आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना, उत्कृष्ट भेषभुषा, उत्कृष्ट नृत्यको पुरस्कारहरू क्रमशः रु.१५,०००÷–, रु.१०,०००÷–, रु.७,०००÷–, रु.३,०००÷–, रु.१,५००÷–, रु.१,५००÷– साथमा प्रमाण–पत्र रहेको छ । प्रतियोगितालाई व्यवस्थापन गर्न रोशनी कोइरालाको मूल संयोजकत्वमा मूल समिति गठन गरी आ–आफ्नो जिम्मेवारीलाई तीव्रता दिईएको छ ।

प्रतियोगिता भव्य र सभ्य रूपमा सम्पन्न गर्नका लागि स्थानीय देखि ख्यातीप्राप्त राष्ट्रिय कलाकारहरूको समेत बेजोड प्रस्तुती रहने कार्यक्रम सम्पन्न गर्न करिब रु. ३ (तीन) लाख खर्च लाग्ने अनुमान गरिएको छ । उक्त खर्च व्यवस्थापन गर्नका लागि विगतका बर्षहरूमा जस्तै यस बर्ष पनि टोल छिमेक, संघ संस्था, बित्तीय, व्यापारी तथा शुभेच्छुक महानुभावहरूबाट सहयोग प्राप्त हुने अपेक्षा आयोजक संस्थाले लिएको छ । सो प्रतियोगिता सम्पन्न गरी बचत हुन आएको रकम संस्थाले निर्माण गरेको संस्कार सदनमा थप निर्माण कार्य गर्ने र सामाजिक कार्यमा खर्च गरिने संस्थाका पूर्व अध्यक्ष एवं सल्लाहकार बसन्तराज कोइरालाले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY