पोखरा, २८ बैशाख ।
पोखरा लेखनाथ महानगरका मेयर पदका उमेद्वार हुमबहादुर गुरुङले प्रतिवद्धतालाई जिम्मेवारीपूर्वक बहन गर्ने बताएका छन् । संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको संयुक्त गठबन्धनबाट मेयरमा उठेका गुरुङले पोखरालेखनाथ–१७ को विरौटाचोकमा भएको चुनावी भेलामा उक्त कुरा बताएका हुन् । जनतासँग हातमा हात, साथमा साथ गर्दै महानगरलाई आउँदो ५ वर्षभित्र आधारभुत सुविधाहरुले सम्पन्न गराउनुका साथै स्वच्छ र समृद्ध शहर बनाउने बताए ।
भेलामा नयाँ शक्ति पार्टी नेपालका प्रवक्ता खिमलाल देवकोटाले सुन्दर, शान्त, विकासशिल र समृद्ध राष्ट्र निर्माणका लागि वैकल्पिक शक्तिमा ऐक्यवद्धता जनाउदै संयुक्त गठबन्धको मसाल चिह्नमा मतदान गर्न आग्रह गरेका थिए ।
त्यस्तै गठबन्धनबाट पोखरालेखनाथ महानगरकी उपमेयर पदकी उमेद्वार लक्ष्मी खाती परियारले देशमा रहेका सम्पूर्ण समुदायलाई समाजको मुल प्रवाहमा समाहित गर्दै जनताको समृद्धि, राज्यको सुशासन, देशमा समावेशिता, राष्ट्रिय एकता र समुन्नत समाजको परिकल्पनालाई साकार पार्न प्रतिवद्ध रहेको कुरा बताईन् । पोखरालेखनाथ १७ का वडा अध्यक्ष दिपक भण्डारीले स्थानिय विकासको लागि आफु लागिपर्ने कुरा व्यक्त गरेका थिए । भेलाको संचालन सौगात पोखरेलले गरेका थिए ।
त्यसैगरि पोखरालेखनाथ १ बगरमा संयुक्त गठबन्धनले भेला सम्पन्न गरेको छ । तमुधिं नेपालका कर्मा तमुले आफ्नो ठाउँको विकासका लागि आफैले चुन्न पाउने मौकालाई नगुमाई दक्ष व्यक्तिलाई मतदान गर्न आग्रह गरेका थिए । भेलामा मेयर पदका उमेद्वार हुमबहादुर गुरुङ, उपमेयर पद्की उमेद्वार लक्ष्मी खाती परियार, निर्वाचन परिचालन समितिका हेमबहादुर थापा, दिपक तामाङ, हरिनारायण गिरी, भानु अधिकारी, रेशम सापकोटा तथा वडा १ का अध्यक्ष पदका उमेद्वार क्या. जुमकाजी गुरुङले स्थानिय तथा राष्ट्र विकासका लागि मसाल चिह्नमा मतदान गर्न अपिल गरेका थिए ।
संघिय समाजवादी फोरम र नयाँ शक्ति पार्टी बिच चुनावी पार्टी एकता गरि मसाल चिह्नलाई आधिकारिक बनाई अधिराज्यभरि संयुक्त गठबन्धनबाट चुनावी अभियानमा लागेको हो ।

LEAVE A REPLY