पोखरा, ०४ बैशाख  l यही बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनको चर्चा यति बेला चिया पसल देखी सदन सम्म चलेको छ । जसको प्रतक्ष्य प्रभाव बिभिन्न राजनितिक पार्टीमा दखिएको छ । बिभिन्न पार्टीबाट बिभिन्न पदका आकांक्षी उमेदवारहरु सार्बजनीक भईरहेका छन् । यसै क्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ मा नेपाली कांग्रेसको तर्फ बाट यूवा नेता एवं समाजसेवी ठाकुर बराल वडाध्यक्षको आकांक्षी देखिएका छन् । स्कूले जिवन बाट नै लामो समय देखि राजनितीमा क्रियाशिल रहेका बराल पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रिय देखिन्छन् । पुरानो पिढीको कार्यशैली सबै जनताले हेरीसकेकाले परिवर्तनका लागि अबको नेतृत्ब युवाले लिनु पर्र्नेे उनको भनाई रहेको छ । नाताबाद र कृपाबाद लाई छोडेर आफ्नो जविनको सुरुवाती देखी नै राजनितीमा सक्रिय रही समाज र देशको लागी केही गर्न सक्ने सक्षम उमेदवार चुन्नु पर्ने बरालको भनाई छ ।

अहिले देशमा भर्खर सरकारी जागिर बाट निर्वृत्त रहेका ब्यक्तीहरु फेरि प्रमुख हुन खोज्ने प्रबृत्ती बढ्दै गएको छ। यो एउटा नयाँ एजेन्डा लिएर विकास तर्फ लम्कने युवाको लागि घातक बन्न पुगेको देखिन्छ।समयमै राजनितिक दलले यस तर्फ सोच्नु आबश्यक देखिएको छ । जन्म भुमिलाई कर्म भुमि बनाएका ठाकुर बरालले आफ्नो वडा विकासको लागि आफुले राम्रो संग बुझेको र आगमी दिनमा के कस्ता कार्य गर्नु पर्छ भन्ने विषयमा आफु प्रस्ट रहेको बताएका छन् । देशलाई समृद्धि दिशामा लैजान मतदाताले सक्षम र जनताप्रेमी योजना ल्याउने युवालाई रोज्नु पर्ने उनको भनाई रहेको छ । राजनितीमा यूवाको भुमिका हुनु पर्ने र आफ्नो गाउंठाउंको विकास आफै गर्नु पर्छ भन्ने कुराबाट प्रेरीत भई उनी आगमी चुनाबमा उठ्ने संकेत गरेका छन् । केन्द्रिय नेताहरु संग राम्रो सर्कुलेसन भएको कारण पनि यति बेला बरालको नाम चर्चामा रहेको छ ।

मुलुकमा छाएको राजनीतिक अस्थिरता, बेरोजगारी, र स्थानीय तह वर्षौदेखि नेतृत्व विहीन बन्न पुग्दा जुनरुपमा गाउंको विकास हुनु पर्ने हो त्यो हुन सकेको छैन । त्यसका लागी पनि कुशल नेतृत्व आवश्यक रहेको उनको भनाई छ । पुस्तौ देखी चल्दै आएको राजनिती लाई काखी च्यापेको भरमा कुनै पनि ब्यक्ति वडा प्रमुख हुदा गाउंको विकास शुन्य हुने कुरालाई नकार्न सकिदैन । त्यस कारण अबको नेतृत्व गर्ने जिम्मा युवाको हो र युवा शक्तिको नेतृत्व नै राष्ट्र विकासको आधारशिला भएकाले सरकारी निकाय एवम् पार्टिले युवालाई अग्रसर गराउने नीति लिनु पर्ने उनले बताए ।

आफु वडा अध्यक्षमा निर्वाचित भएर आए सुन्दरनगरी पोखराको महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा पोखरा लेखनाथ महानगरपालिका २२ लाई परीचित गराउने, पुम्दी भुम्दीकोट भित्र रेहेको करिव पचास किलोमिटर कच्ची सडकलाई पक्की बनाउन पहल गर्ने, पुम्दीकोटलाई पनि भुम्दकिोट सरह पर्यटकीय गन्तब्यको रुपमा परिचित बनाउने, भुम्दीकोटमा अबस्थित बारही तालको संरक्षण गर्नुको साथै गाउंमा शिक्षा, स्वास्थ्य र ईन्टरनेटको सहज ब्यबस्थ गर्ने लगायतका योजना रहेकोे बताएका छन् ।

LEAVE A REPLY