हेमजा , २५ चैत्र l नेपाल सरकार सामाजिक सुरक्षा विकास समिति अन्र्तगत सञ्चालित स्वास्थ विमा कार्यक्रम कास्कीमा थप प्रभावकारी बनाउन प्रयास गरिने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

स्वास्थ वीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन र वीमित व्यक्तिलाई स्वास्थ सेवा उपलब्ध गराउन आवश्यक पर्ने कार्यहरु गर्न सामाजिक स्वास्थ सुरक्षा विकास समिति कास्की तप्पर रहेको जिल्ला प्रबन्धक कृष्ण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
कास्की जिल्लामा रहेका स्वास्थ प्रदायक संस्थाहरु मध्ये अर्मला, भेडाबारी, कृस्ति र थुम्सिकोट प्राथामिक स्वास्थ केन्द्रलाई एक महिना भित्रमा नै एक्सेर, ई.सि.जी, यू. एस. जी र सेमी अटो एनालाईजर प्रदान गरिने भएको छ।
नेपाल सरकार सामाजिक स्वास्थ सुरक्षा विकास समिति अन्र्तगत सञ्चालित स्वास्थ वीमा कार्यक्रम २०७२ चैत्र २५ गते कैलाली जिल्ला बाट सुरु भएको थियो। २०७३ पौष १२ गते बाट कास्कीमा सुरु भएको स्वास्थ वीमा कार्यक्रममा हालसम्ममा २ हजार ४ सय ८१ परिवार बीमित, ११ हजार ४ सय ४९ बीमित सदस्य रहेका छन् भने ६५ लाख २१ हजार ३ सय २५ रुपैया वीमा वापत संकलन गरिएको छ। आगामी बैशाख सम्ममा १८ हजार बीमित संख्या पु¥याइने लक्ष्य लिइएको भट्टराईले बताउनुभयो । बीमा गर्नको लागि परिवारका प्रति ५ जना सदस्यको बार्षिक २५ सय रुपैया र प्रति थप एक सदस्यको रु ४ सय २५ रुपैया लाग्ने प्रावधान रही आएको छ ।
उक्त २५ सय रुपैयाको स्वास्थ बीमा कार्यक्रम बाट एउटा परिवारका ५ सदस्यले रु ५० हजार सम्मको निशुल्क उपचार लिन सक्ने व्यवस्था रहेको छ ।
स्वास्थ वीमा कार्यक्रम बाट बीमितहरुले स्वास्थ सेवा लिनको लागि कास्की जिल्लाको हकमा ९ वटा स्वास्थ सेवा प्रदायक संस्थाहरु पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल शिक्षण अस्पताला, हिमालय आँखा अस्पताल, शिशुवा अस्पताल, मातृशिशु मितेरी अस्पताल, अर्मला, भेडाबारी। कृस्ति र थुम्सीकोट प्राथामिक स्वास्थ केन्द्रहरु तोकिएको छ ।
बीमितले आफुलाई पायक पर्ने स्वास्थ सेवा प्रदायक संस्थाबाट पहिलो उपचार लिनको लागि बीमा दर्ता गर्दा नै उल्लेख गर्नुपर्ने र सोही स्वास्थ संस्थाबाट सम्भव भएका उपचारहरु लिन सकिने र एउटा स्वास्थ प्रदायक सेवाबाट उपलब्ध हुन नसक्ने सेवा अन्य अस्पतालहरुबाट लिने प्राबधान रहेको समेत जाकारी दिइएको छ।
स्वास्थ बीमा कार्यक्रमले आईपिडी सेवामा १ सय २८ प्रकारका रोग, ओ.पि.डी भित्रका १ सय ६१ प्रकारको रोगको निदान गर्न सकिने र ५३० प्रकारका सुचिकृत्त औषधिहरु निशुल्क पाइने व्यवस्था मिलाईको सो पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
नेपालमा कैलाली, कास्की, ईलाम, बैतडी, अछाम, पाल्पा, बाग्लु· र म्याग्दी गरी ८ जिल्लामा स्वास्थ बीमा कार्यक्रम लागुगरिएको छ भने यसै आर्थिक बर्षभित्र २५ जिल्लामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको छ ।

LEAVE A REPLY