२ जेठ, चौतारा । राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन भन्ने एमालेका तत्कालीन महासचिव मदन भण्डारीको उक्तिलाई सिन्धुपाल्चोकका एक वयोवृद्ध कांग्रेस नेताले चरितार्थ गरिदिएका छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् । खड्का नम्बर १ बाट २ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् ।

उनी यस पटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा वयोवृद्ध उम्मेदवार हुन् ।

@Onlinekhabr

LEAVE A REPLY