पोखरा, मंसिर २ l  मितेरी नारी समुह वैदामको ७ औं अधिवेशन तथा १३ साधरण सभा वसुन्धरा पार्कमा सम्पन्न भएको छ । मितेरी नारी समुहका अध्यक्ष श्रीमती कल्पना पहारी ज्युको सभापतित्वमा र पोखरा लेखनाथ महानगरपालिका वडा न। ६ वैदामका वडा अध्यक्ष श्री जगत वहादुर पहारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न पर्यटन संघ संस्थाका अध्यक्ष ज्युहरु, विभिन्न आमा समुहहरुका अध्यक्ष ज्युहरुले आ–आफ्नो भनाई राख्दै सफल कार्यकालको वधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो । नारी समुहले वसुन्धरा पार्कको संरक्षण गर्दै आइरहेको र यसले पार्कको सरसफाई, मर्मत संम्भारका कार्य गर्दै पार्क सुन्दर वनाउदैं आएको छ । कार्यक्रममा आर्थिक सहयोग गर्ने संघसंस्था तथा व्यक्तित्वहरुलाई कदर पत्र तथा सम्मान गरेको थियो । प्रमुख अतिथी ज्युले वैदामका पार्कहरुमा वसुन्धरा पार्क सुन्दर रहेको र यसको विकासका लागी विभिन्न ठाँउवाट सहयोग गर्ने अभिव्यक्ति तथा सल्लाह भैरहेको यसलाई पार्क रुपमा रामै्र विकास गर्ने हो भने कम्तिमा पनि ४÷५ करोड आवश्यक पर्ने भनाई राख्नु भयो । अतिथी ज्युले फेवाताल फोहर मैलाका कारण कुरुप वन्दै गएकोले यसलाई सुन्दर वनाउनका लागी सवैको दिल देखी नै सफा गर्ने भावनामा परिवर्तन भएमा सुन्दर रहने भनाई व्यक्त गर्नु भएको थियो ।
मितेरी नारी समुहको ७ औं अधिवेशनवाट नयाँ कार्यसमिती सदस्य सर्वसम्मत निम्न अनुसार अध्यक्ष मिरा पौडेल, नि वर्तमान अध्यक्ष कमला पहारी, उपाध्यक्ष तारा आचार्य, सचिव लक्ष्मी भट्टराई, सह सचिव मालती अधिकारी, कोषाध्यक्ष सिता भट्टराई, सह कोषाध्यक्ष शर्मिला पहारी, सदस्यहरुमा ः भगवती वराल, सिता अधिकारी, सरिता भट्टराई, तारा कुँवर, निता पहारी निर्वाचित भएका छन ।

LEAVE A REPLY