काठमाण्डौं, २५ चैत– नेपाल विद्युत प्राधिकरणले पछिल्लो ६ महिनामा बिजुली चोरी गर्ने ४० हजार जनामाथि कारबाही गरेको छ । विद्युतीय सुरक्षा दिवसका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा प्राधिकरणले उक्त तथ्यांक सार्वजनिक गरिएको हो । देशभर चलाइएको विद्युत चोरीविरुद्धको अभियानका क्रममा ४० हजार चोर कारबाहीमा परेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार विद्युत चुहावटको दर २७.३ प्रतिशतबाट २२ं ५ प्रतिशतमा झारिएको छ । चोरी गर्ने व्यक्ति तथा संस्थाबाट करिब ५ करोड राजश्व असुल गरिएको बताइयो । घिसिङले प्राधिकरणको नेतृत्व सम्हालेलगत्तै चोरीविरुद्ध अभियान तीव्र पारेका थिए ।

LEAVE A REPLY