काठमाडौं, वैशाख २१ – स्थानिय तहको चुनावको लागि ३ प्रदेशका ३४ जिल्लाबाट झण्डै ५० हजार जनाले उम्मेद्वारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

स्रोतका अनुसार २ सय ८३ वटा स्थानिय तहको लागि अहिलेसम्म ४९ हजार २ सय ७ जनाको उम्मेद्वारी परेको छ । अहिलेसम्म अध्यक्ष/प्रमुखको लागि १९ सय २५ जनाले, उपाध्यक्ष/उपप्रमुखको लागि १४ सय २९, वडाअध्यक्षको लागि १० हजार ८ सय ४१, सदस्यका लागि १८ हजार ३ सय ७१, महिला सदस्यका लािग ९ हजार ३३ र दलित महिला सदस्यको लागि ७४ सय ७२ जनाले उम्मेद्वारी दिएका छन् ।

LEAVE A REPLY