मानिसको उमेरमा हुने बृद्धिसँगै एउटा अवस्थामा पुगेर मष्तिष्कका कोषहरु निष्क्रिय हुने क्रम शुरु हुन्छ ।

वैज्ञानिक तथ्य अनुसार, ३५ वर्ष पुगेपछि हरेक दिन ७ हजार मष्तिष्क कोषहरु क्षय हुने गर्दछन् ।

नियमित व्यायाम, शरीरमा खानपीन र मांशपेशीको गतिमा नियन्त्रणले यस्ता कोष मर्ने क्रमलाई कम गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् । यसका ला िसबैभन्दा उत्तम भनेको नियमित यौन सम्पर्क रहने उनीहरुले बताएका छन् ।

अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटिका वैज्ञानिकहरुले गरेको एक अध्ययनमा यौन सम्पर्कले शरीरमा रक्तसञ्चार प्रणाली राम्रो बनाउने र स्मरण शक्ति रहने दिमागको कोषहरुको संख्यामा तीब्र बृद्धि गर्दछ ।

तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ । ‘तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन’, डा घोष भन्छन् ।

विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् ।

विज्ञहरुका अनुसार सेक्सको समयमा दुई ओठ यति कसिलो हुन्छ यो मुठी पारेको भन्दा सय गुना बढी हुन्छ । ‘चुम्बनले दिमागमा एउटा शक्ति पैदा गर्छ, तनाब न्युन गर्ने रसायन निस्काशन गर्छ र मुडलाई रमाइलो बनाउछ,’ घोष भन्छन् ।

सेक्सले दिमागमा रगतको प्रबाह बढाइदिन्छ जसका कारण अक्सिजनको मात्रा पनि बढ्छ । ‘यौन गतिविधिको बेला दिमागमा भएको न्युरोन सक्रीय र बढी अक्सिजनको उपयोग गरेको देखिन्छ,’ रुटगर्स युनिर्भ्सिटीका मनोचिकित्सक बारु कोमिसारुक भन्छन् ।

सेक्सले खुसी प्रदान गर्ने हर्मन निस्कासन गर्छ तसर्थ झटपट गरिने जंगली सेक्स भन्दा मायापूर्वक गरिने सेक्सले बढी हर्मन निस्काशन गर्छ । चरम आनन्दले पीडा गराउने सिग्नललाई रोकिदिने अर्का प्राध्यापक कोमिसारुक बताउँछन् ।

“दिमागमा एउटा परिचित चक्र हुन्छ जसले मानिसलाई खुसी बनाइदिन्छ,’ युनिर्भ्सिटी अफ क्यालिफोर्नियाका स्नायुसम्बन्धी विज्ञ पउल थोम्पसन भन्छन् । सेक्सले डिप्रेसनको उपचार गर्नुका साथै दिमागमा न्युरो ट्रान्समिटरलाई बढी चलायनमान बढाई बढी रसायन उत्पादन गर्ने उनी बताउँछन् ।

विभिन्न यौन स्वास्थ्य अनुसन्धानहरुले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि ध्यान दिएका छन् । यौन कार्यले महिलालाई डर, त्रास र चिन्ताबाट मुक्त गर्ने विज्ञहरु बताउछन् ।

सेक्स निन्द्राको औषधी नै भएको समेत डा घोष बताउछन् । रातभर निन्द्रा नलागेको सेक्सले औषधीको काम गर्दछ । बिहान भन्दा रातको समयमा सेक्स उपयुक्त हुन्छ ।

सेक्सले मांशपेशीलाई आनन्द दिने र काँध तथा घाँटीको दुःखाई कम गर्ने डा घोष बताउँछन । त्यस्तै सेक्सले मुटुको रोग, हड्डी सम्बन्धी समस्या समाधान गर्ने, पुरुष तथा महिलालाई बढी उर्वर बनाउने, प्रोटेस्ट क्यान्सरबाट बचाउने र तौल घटाउन समेत प्रभावकारी सिद्ध हुने विज्ञहरु बताउँछन् ।

LEAVE A REPLY