कैलाली, भदौ १४ l कैलालीको धनगढी उप–महानगरपालिका–८ बाट २० किलो लागु औषध चरेशसहित एकजना पक्राउ परेका छन् ।

क्षेत्रीय अनुसन्धान समूह आरआइटीको टोलीले चरेश बिक्री गरिरहेको अवस्थामा धनगढीको कैलाली बहुमुखी क्याम्पस नजिकबाट २० किलो चरेशसहित एकजनालाई पक्राउ गरेको हो ।

बझाङ पाटागाउँ घरभई धनगढीको बुद्धचोकमा डेरा गरी बस्दै आएका शिवप्रसाद उपाध्यायलाई २० किलो चरेशसहित पक्राउ गरिएको हो । प्रहरीले उनले चढेको से ५ ख ७४९३ नम्बरको मोटरसाइकलमा पनि नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY