पोखरा , ६ साउन l पोखराको पहिलो एफ एम माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्जले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तिज, तिज गित प्रतियोगिता गर्ने भएको छ । नेपाली नारीहरुको महान पर्व हरितलिका तिजको अवसर पारेर माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनको संयुक्त आयोजनामा विगतका वर्षहरुमा जस्तै यस बर्ष पनि १७ औ छमछमी तिज, तिज गित प्रतियोगिता गर्न लागिएको हो ।

१७ औ छमछमी तिज, तिज गित प्रतियोगितालाई सब्य र भब्य रुपमा सम्पन्न गर्न तयारी सुरु गरिएकोे एफ एमले जनाएको छ ।माछापुच्छ्रे एफ.एमले विगत १६ वर्ष देखि संचालन गरिरहेको छमछमी तीज, तिज गित प्रतियोगिताको १७ औ संस्करण पनि बिगतका बर्षहरुमा जस्तै गोल्डेन आई टेलिभिजनसगँको सहकार्यमा हुने एफ एमले जनाएको छ । प्रतियोगिता यहि भाद्र ३ गते शनिबार पोखरा उद्योग वाणिज्य सघंको सभाहलमा आयोजना गरिने बताईएको छ ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कला, संस्कृति र साहित्यलाई सरक्षण एवम् सम्वद्र्धन गर्ने उद्धेश्यले हरेक बर्ष जस्तै यस बर्ष पनि छमछमी तीज गित प्रतियोगिता गर्न लागिएको एफ.एमका प्रवन्ध निर्देशक देव क्षेत्रीले बताए । प्रतियोगितालाई सफल बनाउन स्टेशन मेनेजर कन्चन थापाको संयोजकत्वमा विभिन्न उपसमितिहरु पनि गठन भएका छन ।तीज गित प्रतियोगिताको लागि निशुल्क फार्म खुल्ला भैसकेको र माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्जको टेलिफोन नम्बर ०६१ ५३२८९३ र गोल्डेन आई टेलिभिजनको टेलिफोन नम्बर ०६१ ५३९३३३ को माध्यमबाट पनि फर्म भर्न सकिने प्रचार प्रसार संयोजक कुष्ण आचार्यले जानाकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितिया हुनेलाई १५ हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई ५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने आर्थिक उपसमिती संयोजक अनिशा नेपाली जानाकारी दिईन ।यस्तै प्रतियोगितामा उत्कृष्ट हुने भेषभुषा र नृत्यलाई पनि ३/३ हजार रुपैया पुरस्कार प्रदान गरिने एफ एमले जनाएको छ ।प्रतियोगिताको माछापुच्छ्रे एफ.एम ९१ मेगाहर्ज र गोल्डेन आई टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिने माछापुच्छ्रे एफ.एमका स्टेशन मेनेजर एवं कार्यक्रम संयोजक कन्चन थापाले जानकारी दिएकी छन् ।

LEAVE A REPLY