काठमाडौं, कात्तिक १५ – कपिलवस्तु बिजयनगर गाउँपालिका-२ लोहरौला बस्ने ५५ वर्षका बिन्तीराम थारु र रोल्पाको तेलाङ-२ घर भएका २९ वर्षका दिपक रोका मगरलाई प्रहरीले १४ किलो चरेशसहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय गणेशपुर तथा ईलाका वन कार्यालय गुगौली कपिलवस्तुबाट गस्तीमा खटिएको टोलीले बुधबार उनीहरुलाई बिजयनगर गाउँपालिका–१ भैसैयाँ भन्ने स्थानबाट सिमेन्टको बोरामा लुकाएर ल्याएको चरेशसहित पक्राउ गरेको हो ।

यस्तै बाँके नेपालगंज उपमहानगरपालिका–२० बस्ने २८ वर्षका बड्कउ अली शेख र २८ वर्षका नन्दराम हरिजनलाई प्रहरीले लागूऔषध ब्राउन सुगर १३ ग्राम सहित पक्राउ गरेको छ ।

यसैगरी बाँकेकै नेपालगंज उपमहानगरपालिका–१५ स्थित उनीहरु सवार रा २ प ९८४८ नम्बरको मोटरसाइकललाई मंगलबार जाँच गर्दा उनीहरुको साथबाट उक्त ब्राउन सुगर बरामद भएको थियो ।

यस्तै पर्सा गरनाथपुर गाउँपालिका–४ भलुवाहीखोलाबाट भारत बिहार गोपालगञ्ज सितलबारदाहा बस्ने ४२ वर्षका हरिन्दर यादवलाई मंगलबार लागूऔषध गाँजा १० किलोसहित प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY