लेखनाथ, ११ माघ l लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा पोखरा–लेखनाथ महानगरपालिकाको तालचोकमा प्रादेशिक औद्योगिक व्यापार मेला तथा लेखनाथ महोत्सव शुरु भएको छ ।

महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य एवं पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले राजनैतिक क्रान्ति सकिएकोले अव सवै दलहरु आर्थिक सम्वृद्धि र विकासतर्पm अग्रसर हुनु पर्नेमा जोड दिए । अब बन्ने नयाँ सरकारले परिवर्तनको महशूस हुने गरि काम गर्ने विश्वास व्यक्त गर्दै साविक लेखनाथ नगरपालिकामा प्रादेशिक सभाहल वनाउन आपूmले प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेशसभाका सदस्य दीपक कोइराला,्विन्दु कुमार थापा, व्यापार तथा निकासी केन्द्रका कार्यकारी निर्देशक शरद विक्रम राणा प्रदेश नम्बर ४ को उद्योग वाणिज्य संघका अध्यक्ष सञ्जीव बहादुर कोइराला, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण के .सी,तनहु उद्योग बाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ,सम्पुर्ण महिलाहरुको तर्फबाट बुद्धि कुमारी थापा मगर, लगायतका वक्ताहरुले महोत्सवको महत्व र उपयोगितकाका बारेमा प्रकाश पारेका थियो ।

संघका महासचिव भरतकुमार अधिकारीले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन बरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए ।महोत्व उद्घाटन पुर्व विभिन्न जन जाती,आमा समुह तथा टोल विकास सस्थाले आ आफनो भेष भसामा झाकी ¥याली निकालेका थिए। महोत्सव माघ २२ गतेसम्म चल्ने छ । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन ,विकास र सम्वृद्धि “ भन्ने मूल नाराका साथ शुरु गरिएको महोत्सवमा कृषि, हस्तकला, मेशिनरी, कर्पोरेट, अटो, जनरल,फेन्सी, गार्मेन्ट, डेरी लगायतका करिव तिन सय ५० वटा स्टल राहेका छन् ।

औद्योगिक उत्पादन ,घरेलु तथा साना उद्योग र हस्तकलाका वस्तुहरुको वजार प्रवद्र्धन, स्थानीय उत्पादन, आवश्यक ज्ञान, उद्यमशीलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाको वजारीकरण गर्ने महोत्सवको मूल उद्धेश्य रहेको छ ।

महोत्सवको थप आकर्षणका लागि वाल उद्यान,खाना महोत्सव म्यूजिक कन्सर्ट,राष्ट्रिय लोक दोहारी कार्यक्रम, शैक्षिक गतिविधिहरुको प्रस्तुती, रितिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम,विद्यालयका छात्र छात्राहरुको नृत्य र गायन जस्ता कार्यक्रम राखिएका छन् ।

महोत्सव अवधिभरी तीन लाख दर्शकहरुले अवलोकन गर्ने र करिव १५ देखि २० करोड वरावरको आर्थिक कारोवार हुने पअपेक्षा गरिएको छ ।महोत्सवमा करीव रु एक करोड आम्दानी र ८० लाख खर्च भई रु .२० लाख वचत हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY