काठमाडौं, साउन १९ – सरकारले प्रहरी नायव निरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजीमा बढुवा गरेको छ । बढुवाको सिफारिसमा परेका ११ जना डिआइजीलाई बिहीबार एआइजीमा बढुवा गरिएको हो ।

बढुवा हुनेमा बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट छन् ।

LEAVE A REPLY