स्वयंसेवी तथा केही भान्छेहरु मिलेर एउटा यस्तो अमलेेट तयार पारे जसको स्वाद त केवल एउटा सहरले मात्रै चाख्न पायो तर चर्चा चाहीँ विश्वभर नै भयो । उक्त अमलेट १० हजार गोटा अण्डाबाट बनाइएको हो ।

बेल्जियमको मालमेडी सहरमा काठबाट बनाइएको भाँडोमा यो भिमकाय अण्डा तयार पारिएको हो । अमलेट स्वादिष्ट बनाउनका लागि यसमा हरियो प्याज तथा बेकन पनि हालियो ।

स्मरणीय कुरा के छ भने युरोपेली बजारमा हालैका दिनहरुमा अण्डा संक्रमित भएको खबर जोडतोडका साथ उठिरहेको छ । तर यसरी १ हजार अण्डाबाट अमलेट बनाएर अण्डा सुरक्षित छ भन्ने सन्देश दिन खोजिएको हुनसक्छ । एजेन्सी

LEAVE A REPLY