तेह्रथुम, वैशाख २० – तेह्रथुमको लालीगुराँस नगरपालिका-१, बसन्तपुर बजारस्थित याक होटलका कुक ४५ वर्षका कृष्ण राई होटलकै शौचालयमा मृत अवस्थामा भेटिएका छन् ।

लामो समयदेखि होटलमा कुक काम गर्दै आएका राई बुधबार शौचालयमा मृत अवस्थामा भेटिएका इलाका प्रहरी कार्यालय बसन्तपुरले जनाएको छ ।

शौचालय गएको राई लामो समय सम्म नफर्कीएपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा भेटिएका थिए । शव पोष्ट मार्टमका लागि वसन्तपुर स्थित प्राथमिक स्वास्थ्य चौकीमा लगिएको तर सामान नभएको भन्दै डाक्टरले पोष्टमार्टम गर्न नमानेपछि जिल्ला अस्पताल ल्याइएको छ ।

@Ujyaaloonline

LEAVE A REPLY