फाईल तस्विर

काठमाडौं, मंसिर १ l पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

नाम्खा गाउँपालिका सबैभन्दा बढी हिमपात हुने क्षेत्र हो । यस्तै जुम्ला, मनाङ, मुस्ताङ्ग, लमजुङ, कास्कीलगायत पश्चिमी भेगका हिमाली जिल्लामा पनि हिमपात हुने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो ।

जम्बुकाश्मिरमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण हिमपात सुरु भएको र केही दिन हिउँ पर्ने सम्भावना रहेको उहाँको भनाई छ । हिमपातका कारण मतदान पनि प्रभावित हुन सक्ने देखिएको छ ।

नाम्खा गाउँपालिकाअन्र्तगत पर्ने १० वटा मतदान केन्द्र हिमपातबाट बढी प्रभावित हुने अनुमान गरिएको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार हिमाली जिल्लामा सम्भावित जोखिमलाई मध्यनजर गर्दै चुनावको तयारी गरिएको छ । हिमाली जिल्लामा सबैजसो मतदान केन्द्र सुरक्षित घर वा भवनमा राख्ने तयारी भएको उहाँले बताउनुभयो । मतदातामैत्री मतदानकेन्द्र तोकिएकाले बाक्लो हिउँ नपर्दासम्म समस्या नहुने उहाँले बताउनुभयो।

LEAVE A REPLY