पोखरा, १७ भदौ। हिमालय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा लेखनाथ–२५ हेमजाको पाँचौं वार्षिक साधरण सभा शनिबार सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरवण तिवारीले सहकारीलाई अव उत्पादन क्षेत्रमा लगानि गर्नु पर्ने बताए।

कार्यक्रममा असल ऋणी लालबहादुर नेपाली र उत्कृष्ट निक्षेपकर्ता भेषबहादुर कुँवरलाई सम्मान गरिएको थियो। कार्यक्रममा हेमजा युनाइटेडद्धार आयोजित संघ संस्थाबीचको रमाइलो फुटबल प्रतियोगितामा प्रथम हुने खेलाडीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा हिमालय बचत तथा ऋण सहकारीका सचिव माधवशरण पौडेल, कोषाध्यक्ष भरतराज अधिकारी, लेखा समिति संयोजक मोहनप्रसाद त्रिपाठी, ऋण उपसमिति संयोजक चन्द्रप्रसाद सुवेदी, शिक्षा उपसमिति संयोजक दीपक त्रिपाठी, लघुवित्त संयोजक जीवन तिम्सिनाले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाको सेयर पूँजि चार करोड ८० लाख ४० हजार छ सय, निक्षप संकलन छ करोड ७१ लाख ७५ हजार आठ सय ३८ र ऋण लगानी १० करोड नौ लाख ४६ हजार दुई सय २४ रहेको छ।

कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ का वडा अध्यक्ष शोभाकर तिम्सिना, गौरी शंकर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुद्रनाथ पौडेल, हेमजा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मिनराज तिम्सिना, सफल कृपा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक सूर्य श्रेष्ठ, हिमालय बचत तथा ऋण सहकारी संस्थाका सल्लाहकार वासुदेव दवाडी, देविस्थान कृषि सहकारी संस्थाका अध्यक्ष शालिग्राम बास्तोला, दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठी, विकल्प जडिवुटि सहकारीकी अध्यक्ष भोजकुमारी त्रिपाठी, अनवरत सहकारीका अध्यक्ष मोतिराज तिम्सिना, शिक्षा उपसमिति संयोजक दिपक त्रिपाठी, सेयर सदस्य महेश्वर दावडीले बोलेका थिए।

हिमालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राजेन्द्रबहादुर सापकोटाले स्वागत र सचिव माधवशरण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।

LEAVE A REPLY