पोखरा, २५ कात्तिक l लायन्स क्लव अफ पोखरा हिमालयनको पिस पोष्टर प्रतियोगिता सम्पन्न भएको छ । कन्या मा.वि. को सभा कक्षमा सम्पन्न पिस पोष्टर कन्टेस्टमा ८ वटा स्कूलका १६ जना बालबालिकाहरुले भाग लिएका थिए । लायन्स क्लव अफ पोखरा हिमालयनका कार्यवाहक अध्यक्ष लायन सुविन्द्र श्रेष्ठको अध्यक्षतामा भएको पिस पोष्टर कार्यक्रममा डिष्ट्रिक ३२५ बी. १ का पिस पोष्टर कन्टेस्टका चिफ कोअर्डिनेटर लायन उर्मिला श्रेष्ठ, विशेष अतिथि जोन चेयरपर्सन लायन जगदीस गौतम, कन्या मा.वि. का प्रधानाध्यापक प्रेम बुढाथोकीले शुभकामना ब्यक्त गरेक थिए ।

कार्यक्रममा कुमुदिनी होम्स स्कूलका जेसीका पुन प्रथम, करुणानिधि मा.वि. का सोफिया थापामगर द्वितीय, प्रतिभा मा.वि. का रुप गुरुङ्ग तृतीय तथा विन्धेश्वरी बोर्डिङ्ग स्कूलका सोचन श्रेष्ठले सान्त्वना प्राप्त स्थान प्राप्त गरेका थिए । कार्यक्रममा ध्वजाको अभिवादन लायन मनोज सिंह विजुक्छेले गरेका थिए भने स्वागत कार्यक्रम संयोजक तथा पूर्व अध्यक्ष लायन राजेन्द्र बहादुर प्रधान, धन्यबाद ज्ञापन सुविन्द्र श्रेष्ठ तथा कार्यक्रमको सञ्चालन क्लबका सहसचिव लक्ष्मी प्रसाद द्धाले गरेका थिए । विजयी तथा सहभागीहरुलाई प्रमुख अतिथि लायन उर्मिला श्रेष्ठ जोन चेयरपर्सन लायन जगदीस गौतम लगायत क्लवका पूर्व अध्यक्षले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।

LEAVE A REPLY