१८ चैत, काठमाडौं । हिमालय एयरलाइन्सले आफ्नो तेस्रो विमान शुक्रबार काठमाडौं ल्याएको छ । हिमालयको एयर बस ए ३२०-१२४ जहाज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । नयाँ एयरबस जर्मनीबाट उडाएर काठमाडौं ल्याइएको हो ।

हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।अब साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई थाइल्याण्डको बैंकक चीनको बेइजिङ तथा ल्हासा र छेङ्दुमा प्रत्यक्ष उडान गर्ने योजना रहेको बताएको छ ।

कम्पनीले एकवर्कभित्रै वाइड बडी एयरबस ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका उडान भर्ने योजना पनि बनाएको छ । @onlinekhabar

LEAVE A REPLY