पोखरा १९, चैत । नेपाल हृदय रोग निवारण प्रतिष्ठान (हार्ट फाउण्डेसन) कास्की शाखाको साधारणसभा महेन्द्र मा वि पोखरा–९ नयाँबजारमा शनिबार सम्पन्न भएको छ ।

शाखा सभापती डा. माधवबाबु तिवारीले कार्यक्रमको शुभरम्म गर्दै आफ्नो मन्तव्यमा मुटु सम्बन्धी रोगबाट बच्न, जनचेतना जगाउन, मुटु परिक्षण गरि जनतालाई सघाउन र मुटु उपचारमा आवश्यक सहयोग पु¥याउन संस्थाले भूमिका खेल्नु पर्ने कुरा बताउँदै शाखामा रहेर सोचे जसरी काम गर्न नसके पनी शाखा लाई जीवित राख्ने, जनचेतनाका केही अभियान गर्ने कार्य भएका छ्न । यसलाई सशक्त बनाउन प्राविधीक व्यक्तीहरुले प्राविधीक पक्षमा सहयोग गर्ने र अन्य सदस्यहरुले कार्यक्रमलाई सफल बनाउन ब्यबहारीक सहयोग पु¥याउने कार्य सवैबाट हुनु पर्ने कुरा बताउनु भयो ।
सभापती डा. माधव तिवारीले मानिसलाई जन्म जात हुने मुटु रोग र पछि हाम्रा आहार, आनि, बानीका कारण लाग्ने आजीत मुटुरोगका बारेमा प्रशिक्षण समेत दिनुभएको थियो । जन्मजातन हुन मुटुरोगहरु मुटुमा प्वाल पर्ने, मेटु सागुरो वा विकृत हुने हुन्छ । यस्ता समश्यालाई उपचार नै गर्नु पर्ने र अबश्य हामीलाई पछी हुने मुटुरोग सम्बन्धी समस्यालाई जीवन सैली आहार विहारमा सुधार, योगा र शारीरिक व्यायम गर्न आदीबाट सुधार गर्न, न्यूनिकरण गर्न र बच्न सकिने विषयमा प्रशीक्षण दिनुभएको थियो ।
सर्वसाधारणमा मुटु रोगसम्बन्धी जनचेतना जगाउने, मुटु परिक्षण गरी सर्वसाधारणको मुटु सम्बन्धी रोगहरू पत्ता लगाउने र मुटु रोगका विषयमा नेपाल सरकारलाई आवश्यक सहयोग पु¥याउने उद्देश्यका साथ स्थापित नेपाल हृदयरोग प्रतिस्ठानले २०५२ सालमा कास्की शाखाको विस्तार गरेको थियो ।
सोही अवसरमा सचिव कुलबहादुर नेपालीले कार्यक्रममा संस्थाको वार्षिक प्रगति प्रतिवेदन र आ.व. २०७४÷०७५ प्रस्तावित कार्यक्रम त्यस्तै कोषाध्यक्ष उमा ठकुरीले आ.ब. २०७२÷०७३ लेखापरिक्षण प्रतिबेदन र आ.ब.२०७४÷०७५ को प्रस्तावित बजेट पेसगरी गरिएको थियो ।
शाखा सभापति डा. माधव तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सदस्य सूर्यप्रसाद ढकाल, क्षेत्रीय सचिव केदार ढकाल, पृथ्वीनारायण क्याम्पसका पुर्व सहायक क्याम्पस प्रमुख देविलाल शर्मा, सिद्धार्थ कल्वका पूर्व अध्यक्षहरु सुमन श्रेष्ठ र दिपेन्द्र मर्सानी, निमार्ण व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र पहारी, नेपाल स्काउटका जिल्ला संगठन आयुक्त सागर पौडेल, मानब अधिकार तथा शान्ती समाजका सचिव तीर्थ न्यौपाने, सुरक्षित मातृत्व संजाल महासंघका जिल्ला अध्यक्ष रजनी के.सी, इन्जीनियर विनोद ढकाल, समाजसेवी भिम गौतम लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
साधारण सभामा उपसभापती बैकुण्ठ तिमिल्सीनाले स्वागत मन्तव्य दिनुभएको थियो भने संचालन सचिब कुल बहादुर नेपालीले गर्नु भएको थियो ।

LEAVE A REPLY