१७ चैत, काठमाडौं । रामशाह पथस्थित सर्वोच्च अदालत अगाडि वरिष्ठ कलाकार हरिवंश आचार्य सवारी गाडीलाई बसले ठक्कर दिएको छ । तर, आचार्य भने सकुशल छन् ।

पैदल यात्रुले बाटो काटेपछि आचार्यले गाडी रोकेका थिए । त्यही बेला तीव्र गतिमा आएको बसले उनी सवार गाडीलाई पछाडिबाट टक्कर दिएको ट्राफिक प्रहरीले जनाएको छ ।आचार्यको बा १३ च १२२९ नम्बरको स्कार्पियो जीपलाई बसले ठब्बर दिँदा जीपको पछाडिको सिसा फुटेको थियो ।दुर्घटनापछि सामाजिक सञ्जालमार्फत उनले गाडीमा सामान्य क्षति भएपनि आफू सकुशल रहेको जानकारी दिएका छन् ।

@onlinekhabar

LEAVE A REPLY