काठमाण्डु, १५ भाद्र । नेपालका स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ ।उहाँलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस एचवानएनवान पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा.श्रीकृष्ण गिरीले बताउनुभयो । मन्त्री पोखरेलले एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहनु भएको छ ।गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । पोखरेललाई फिजिसियन डा.सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ ।राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो ।

LEAVE A REPLY