सुरेश राज अधिकारी
पोखरा २० चैत्र l शुभकामना महिला बिकास केन्द्रले स्वतन्त्र पत्रकार संघ नेपाल कास्की शाखाका र नेपाल पत्रकार महासंघ कास्की शाखा कार्यसमितिलाई सम्मान गरेको छ । शुभकामना महिला बिकास केन्द्रले छ लाख ६३ लागतमा निर्माण गरेको भन उद्दघाटन कार्यक्रममा सम्मान गरीएको हो ।
उक्त कार्यक्रममा सम्मान गदै संसद बृद्धा रानाले महिलाहरु सामाजिक, राजनैतिक क्षेत्रमा अडागी बढनुपर्ने बताईन् । उनले बिकासको लागि महिलाहरुको महत्पुर्ण योगदान रहेको जानकारी दिदै महिलाई हरुलाई अगाडी बढन आग्रह गरेकी छन् । कार्यक्रममा राजनैतिक दलको तर्फबाट माओवादी केन्द्रबाट हिराकाजि श्रेष्ठ, नेकपा एमालेका ढाकामोहन पराजुली, नेपाली काङ्ग्रेसका गोबिन्द पराजुलीले भनाई राखेका छन् ।

कार्यक्रममा प्रथम उपाध्यक्ष कौशल्या गुरुङ, संस्थाका सल्लाहाकार तथा भवन निमार्ण संयोजक पदम कुमार माकाजु, संस्थापक अध्यक्ष तिर्थ श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की शाखा सचिब रामप्रसाद तिमिल्सीना नेपाल स्वतन्त्र पत्रकार संघ कास्की शाखा अध्यक्ष कृष्ण थापा लगायत संस्था प्रमी र समासेबि हरुले भनाई राखेका थिए । कार्यक्रममा आजिवन सदस्य, भवन निमार्णमा सहयोग गर्ने चन्द दाताहरुलाई सम्मान गरीएको थियो ।
शुभकामना महिला बिकास केन्द्रकी पुर्व अध्यक्ष राधिका थापाले संचालन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष भवानी माकाजुको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको थियो ।

LEAVE A REPLY