सुरेश राज अधिकारी

पोखरा २४ चैत्र  l स्वतन्त्र पत्रकार संघ नेपालको केन्द्रिय अध्यक्षमा पुन संस्थापक अध्यक्ष कृष्ण प्रसाद बास्तोला चयन भएका छन् ।
छौटौ साधरण सभा तथा तेस्रो अधिबेशनले अध्यक्ष बास्तोला सहित १९ कार्यसमितीलाई निर्विरोध चयन गरेको छ ।
अधिवेशनले उदयबाहादुर अत्मयलाई बरिष्ठ उपाध्यक्षमा, शान्ति राणलाई उपाध्यक्षमा, दिननाथ बराललाई प्रदेश नं चार उपाध्यक्ष, रमेश सिटौलालाई प्रदेश नं पाँच उपाध्यक्षमा चयन गरेको छ ।
त्यस्तै महासचिबमा नबराज पहाडी, उपमहासचिबमा राजेन्द्रजंग रायमाझी र शीला गुरुङ चयन भएका छन भने कोषाध्यक्षमा बिरेन्द्र पाण्डे सहकोषाध्यक्षमा अम्बिका पाण्डे चयन भए् ।
कार्यसमिति सदस्यमा क्रमशः आसा गुरुङ, सुनराम बिःक, टिकाराम अधिकारी, मन भण्डारी, पुल प्रसाद गुरुङ, प्रल्हादचन्द्र घिमिरे, ढाकामोहन बराल र प्रकार बास्तोला सर्वसम्मत चयन भएका हुन् । नयाँ कायसमितिले चार सदस्य मनेनयन गर्ने छ । निवार्चन समितिका अधिवक्ता भूपपनिधि पन्तको संयोजकमा यज्ञप्रसाद बास्तोला र तारा शर्मा सदस्य रहेका थिए ।

LEAVE A REPLY