पोखरा –२० चैत l स्याङ्जाको चिसापानीमा आगामी चैत २४ देखी २९गते सम्म संचालन हुने नेविको तेहौं तारासिङ असोक स्मृति कप वडास्तरीय भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । सुनगाभा युवा क्लव चिसापानी–४, गुर्जाको आयोजना तथा सयथुंगा युवा क्लव जामुने–४ को सह–आयोजनामा आयोजित प्रतियोगितामा प्रथम हुने टीमले ३७ हजार ३७, द्धितीय हुने टीमले २२ हजार २२ र तृतीय हुने टीमले १२ हजार १२ रुपैयाँ सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने प्रचारप्रसार संयोजक गोविन्द थापा सिञ्जालीले जानकारी दिए । खेल संचालन गर्नको लागि शिशिर रानाको संयोजकत्वमा ५१ सदस्यीय मुल आयोजक समिति गठन गरीएको छ । यस अन्र्तगत सह संयोजकमा सुमन थापा, अतिथी सत्कारमा सिमा थापा, मैदान ब्यबस्थापनमा भक्त थापा चयन भएका छन् । त्यस्तै टिम ब्यबस्थापनमा कोश थापा, मञ्च ब्यबस्थापनमा लेम थापा चयन भएका छन । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सर्भर, स्पाइकर, डिफेन्डर र लिफ्टरका लागि पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको उनले जानकारी दिए । क्लवले प्रतिभावान खेलाडी तारासिङ थापा र असोक थापाको स्मृतिमा विगत लामो समयदेखि खेल सञ्चालन गर्दै आईरहेको छ । सुनगाभा युवा क्लबले आयोजना गरेको यो प्रतियोगिता २८ औं संस्करण हो । स्याङ्जा, तनहुँ, कास्की लगायतका जिल्लाबाट करिव ३० टीमको सहभागिता रहने विश्वास गरिएको प्रतियोगितामा कुल ४ लाख ३० हजार आम्दानी र ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । खेलबाट प्राप्त आम्दानी स्थानीय विकास निर्माण तथा खेल क्षेत्रमा खर्च गर्न बनाइएको छ ।
विगतमा झैँ यस वर्ष पनि भलिबल खेलमा विशेष योगदान पु¥याएका प्रतिभावान स्थानिय खेलाडीलाई नगद सहित सुनगाभा युवा पुरस्कार २०७३ बाट सम्मान गर्ने क्लवले जनाएको छ । यस अघि सुनगाभा युवा पुरस्कारबाट अन्तराट्रिय खेलाडी तथा रेफ्री टहलसिंह थापा मगर र राष्ट्रिय रेफ्री खुम थापा र राष्ट्रिय रेफ्री अनिल राना सम्मानित भईसकेको कार्यक्रम संयोजक शिशिर रानाले जानकारी दिए । प्रतियोगितालाई नेबिको विस्कुटले मुख्य प्रायोजन गरेको छ । चैत २९ गते सम्म संञ्चालन हुने प्रतियोगितालाई सफल पार्न र क्यालेन्डर प्रकाशनको लागि देश बिदेश बाट सहयोग प्राप्त भईरहेको संयोजक रानाले जानकारी दिए ।

LEAVE A REPLY