वैशाख २०, २०७४- लामो समयसम्म एमालेबाट राजनीति गर्दै एमाले जिल्ला उपाध्यक्ष उदय श्रेष्ठले वालिङ नगरपालिकामा मेयरको उम्मेदवारी दर्ता गरेका छन् । उनले पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी घोषण गरेका हुन् । मेयरका आकांक्षीहरु बढ्दै गएपछि उम्मेदवार छानबिन गर्न पार्टीलाई समस्या भइरहेको कार्यकर्ताहरुले भोटिङ गरी चुन्दा समेत पहिलो भएका उनलाई पार्टीले भने टिकट दिन सकेन । एमालेबाट पुण्यप्रसाद अर्यालले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

पार्टीभित्रकै चरम गुटबन्दीका कारण उनलाई मेयरको टिकटबाट बन्चित गराइएको एमाले एक कार्यकर्ताले बताए । उनका अनुसार वालिङ नगरका अधिकांश कार्यकर्ताहरुको मेयरको माग श्रेष्ठलाई थियो । मेयरको लागि उदय श्रेष्ठ, पुण्य अर्याल र मोहन रेग्मीलाई कार्यकर्ताहरुले भोटिङ गर्दा क्रमश: ७४, ६४ र ५४ ल्याएका थिए । सबैभन्दा बढी मत प्राप्त गरेको व्यक्तिले मेयर पाउने पार्टीले आश्वासन दिइरहँदा प्रदेशले भने दोस्रो नम्बरको व्यक्तिलाई टिकट दिएको भन्दै कार्यकर्ताहरुले विरोध समेत गरेका छन् । पार्टीले राम्राभन्दा पनि हाम्रालाई टिकट दिने प्रवृत्तिले गर्दा राजनीतिमा ठूलो समस्या निम्त्याएको बताउँदै उनले उम्मेदवारी घोषण गरेको बताएका छन् ।

कांग्रेसको गण भनेर चिनिने वालिङ नगर एमालेबाटै दुई व्यक्ति मेयरमा लड्दा कति मत प्राप्त गर्छन् भन्ने यतिबेला एमाले पार्टी कार्यालयभित्रै चर्चाको विषय बनेको छ । यस्तैगरी अखण्ड पार्टी जिल्ला सचिवबाट राजीनामा दिएका गोकुल अधिकारीले पनि भीरकोट नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । अखण्ड पार्टीले चुनाव लड्न रोक लगाएपछि पार्टी राजीनामा दिएका अधिकारी प्रमुख र उनकै सहदर भाउजु सरस्वती अधिकारी एमालेबाट उपमेयरमा उम्मेदवारी घोषण गरेको गोकुल अधिकारीले बताए ।

LEAVE A REPLY