पोखरा, १७ साउन l स्याङजामा कार दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । तीन जना घाईते भएका छन् । पुतलीबजार नगरपालिका १४ बयरखोला स्थित भित्री कच्चि सडक खण्डमा कार दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि तनहुँ शुक्लागण्डकी नगरपालिका राईपुरकी सीता पोखरेलकी पाँच वर्ष छोरी आरोही पोखरेलको मृत्यु भएको हो । उनको उचारको क्रममा स्याङजा जिल्ला अस्पतालमा मृत्यु भएको हो । सतौंबाट स्याङजा तर्फ जादै गरेको बा ७ च ४२७५ न.को कार सडकबाट ५ मिटर तल खसेको थियो । अन्य ३ जना घाइतेको उपचार भैरहेको छ ।

LEAVE A REPLY