काठमाडौं, चैत २७ । स्पेनिस लिग फुटबल ला लिग अन्तर्गत आइतबार राती भएको खेलमा शिर्ष स्थानको रियल मड्रिड बराबरीमा रोकिँदा दोस्रो स्थानको बार्सिलोना पराजित भएको छ ।

रियल मड्रिडको मैदानमा भएको मड्रिड डर्बिमा घरेलु टोलीले एथलोटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।

पेपेको गोलमार्फत खेलमा रियल मड्रिडले अग्रता लिएपनी एथ्लेटिको मड्रिडका लागी ८५ औ मिनेटमा फ्रेन्च सुपरस्टार एन्टोइन ग्रिजमनले गोल फर्काउदै खेल बराबरी गरे ।

ला लिगा अन्तर्गत रातीनै भएको अर्को खेलमा बार्सिलोना मालागासँग स्तब्ध बनेको छ । मालागाको मैदानमा भएको खेलमा पाहुना टोली बार्सिलोनाले २-० को पराजय बेहोेरेको हो ।अंक तालिकामा शिर्ष स्थानको रियल मड्रिडसँग दुरी घटाउने अवसर गुमाएको बार्सिलोना विरुद्ध मालागाका सान्द्रो रामिरेज र जोनीले १-१ गोल गरे ।

खेलको ६५ औ मिनेटमा ब्राजिलियन स्टार नेइमारले रातो कार्ड पाएपछी बार्सिलोना १० खेलाडीमा सिमित बनेको थियो ।जारी लिगमा शिर्ष स्थानको रियल मड्रिडको ३० खेलबाट ७२ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेका बार्सिलोना र एथ्लेटिको मड्रिडको समान ३१ खेलबाट क्रमशः ६९ र ६२ अंक रहेको छ ।

@Imagekhabar

LEAVE A REPLY