पोखरा, २० चैत। नेपाली काँग्रेस कास्कीको आइतबार बैठक बसेको छ।
बैठकले स्थानीय तह निर्वाचनका लागि अन्य पार्टीसँग छलफल गर्न कास्की सभापति कृष्ण केसीको संयोजकत्वमा समिति गठन गरेको छ।
समितिमा काँग्रेस क्षेत्र नं १ कास्कीका सभापति बृजमान गुरुङ, क्षेत्र नं २ का सभापति माधव बास्तोला ‘मधु’, क्षेत्र नं ३ का सभापति विजयराज आचार्य र क्षेत्र नं ४ का सभापति पोषनाथ शर्मा सदस्य छन्।
बैठकले राज्य पुनसंरचनाका क्रममा गाभिएका वडामा केन्द्रीय समितिको अर्काे परिपत्र नआउँदासम्म सभापतिमध्येबाट जेष्ठताका आधारका सभापति तोकि पार्टीका गतिविधि अघि बढाउने निर्णय गरेको जिल्ला सदस्य नवीन सिग्देलले जानकारी दिए।
बैठक कास्की काँग्रेसका सभापति कृष्ण केसीको अध्यक्षतामा बसेको थियो।

LEAVE A REPLY