पोखरा, १७ चैत l नेकपा माओबादी केन्द्रको स्थायी समिति सदस्य एवं प्रदेशनं ४का संयोजक हरि अधिकारी कुमारले स्थानीय तहनै जनसत्ता भएको बताउनु भएको छ । आज नेकपा माओबादी केन्द्र वडानं ६ को वडा सम्मेलन लाई सम्बोधन गर्दे कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको अधिकारीले गाउँ गाउँमा अधिकार पुग्नु जनसत्ता भएको बताउनु भयो । माओबादीको कारणले स्थानीय तह निर्माण भएको बताउदै अधिकारीले जस्तो सुक्कै अबस्थामा पनि माओबादी देशको लागि पछि नहट्ने बताउनु भयो । अर्को प्रसंगमा अधिकारीले सिङ नभएको गोरुको नाम तिखे भए जस्तै अहिले एमाले अध्यक्ष केपी ओलीका भक्तहरुले राष्ट्रबादी भन्नेगरेको बताउनु भयो । राष्ट्रनिर्माणमा ओलीको योगदान गौण रहेको अधिकारीको भनाई छ । उखान टुक्काले कोही पनि राष्ट्रबादी हुन नसक्ने अधिकारीको भनाई थियो । उहाले भारतले अघोषीत रुपमा नाका बन्दी लगाउदा जनताले गाँउ गाँउ बाट दाउरा ल्याउदै चुलो बलेको र पैदल हिडेर आफ्नो जिविका चलाएकोले जनता राष्ट्रबादी भएको बताउनु भयो । उहाँले केप ीओलीले संविधान कार्यन्वय गर्न नसकेकोले सरकार ढालेको बताउनु भयो । अधिकारीले माओबादीले आधा निर्बाचन जितेको बताउदै निर्बाचन हुदैन कि भन्ने सोच नराख्न कार्यकतालाई आग्रह गर्दे चुनाबमा ठुलो पार्टी हुने गरि तयारीमा लाग्न निर्देशन दिनु भयो ।
यसै विच नयाँ शक्तिपार्टीमा आबद्ध भएका ३३ जना पुर्व माओबादीहरुले नयाँ शक्ति परित्याग गरेर माओबादीमा प्रवेश गरेका छन् । नयाँ शक्तिपार्टीका प्रदेशनं ४ का उद्योग बाणिज्य विभागका सदस्य गोविन्द प्रसाद न्यौपाने सहित ३३ जना माओबादी केन्द्रमा प्रवेश गरेका हुन यस्तै नेकपा एमाले युवा संघ पुरुन्चौरका वडा कमिटि सदस्य पुर्ण कार्की ,एमालेका टेकनाथ भण्डारी र विष्णु माया भण्डारी लगायत लाई कार्यक्रमका प्रमुख अतिति अधिकारी र वडा अध्यक्ष हरि भण्डारीले खादा अविर लगाएर पार्टी प्रवेश गराउनु भएको थियो ।
कार्यक्रममा नेकपा माओबादी केन्दका पोलिट ब्युरो सदस्य एवं कास्की संयोजक दिपक कोइराला (रुपक) ,पोलिट ब्युरो सदस्य गंगा पोखरेल, अनेमसंघ क्रान्तीकारी कास्की अध्यक्ष कल्पना पाण्डे, शिक्षाविद एवं अधिबत्ता युवराज पराजुली ,युवा नेता जितु गुरुङ,वडानं १७का अध्यक्ष मनु खत्री लगायतले बोल्नु भएको कार्यक्रमको सञ्चालन सचिव इन्द्र भण्डारीले गर्नुभएको थियो भने कार्यक्रम वडा अध्यक्ष हरि भण्डारीको अध्यक्षतामा भएको थियो ।

LEAVE A REPLY