काठमाडौं, जेठ १० –  पहिलो चरणमा चुनाव भएका २ सय ८३ वटा स्थानीय तहमध्ये अब ६ ठाउँको मात्रै परिणाम आउन बाँकी छ । बाँकी स्थानीय तहमा ३ महानगरपालिका, १ उपमहानगरपालिका, १ नगरपालिका र १ गाउँपालिका रहेका छन् ।

अहिलेसम्म नेकपा एमाले १ सय २० वटा स्थानीय तहमा विजयी भएको छ भने, दोश्रो स्थानमा रहेको कांग्रेस १ सय ४ वटा स्थानीय तहमा विजयी भएको छ । माओवादी केन्द्र ४६ तहमा विजयी भएको छ ।

काठमाडौं महानगरपालिका पछिल्लो परिणाम

काठमाडौं महानगरपालिकामा एमालेका विद्यासुन्दर शाक्यले नेपाली कांग्रेसका राजुराज जोशीसँग फराकिलो अन्तर कायम गर्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार मेयरमा कांग्रेसका जोशीभन्दा एमालेका शाक्य १० हजार एक मतले अगाडि हुनुहुन्छ ।

मेयर
एमाले–विद्यासुन्दर शाक्य – ३७ हजार ५ सय ५८
कांग्रेस–राजुराज जोशी – २७ हजार ५ सय ५७
विवेकशील नेपाली–रञ्जु न्यौपाने – १३ हजार ७ सय ३०
साझा पार्टी–किशोर थापा – १० हजार ३ सय २७
माओवादी केन्द्र, सर्वोत्तम डंगोल – ४ हजार ५६

उपमेयर
कांगे्रस, हरिप्रभा खड्गी – ३५ हजार ४ सय ५
राप्रपा, राजाराम श्रेष्ठ – १९ हजार ६ सय ४३
साझा पार्टी, निरुपमा यादव – ६ हजार ९ सय ७८
माओवादी केन्द्र, शुशिला पौडेल – ५ हजार ३ सय ९१

चितवनको भरतपुर महानगरपालिका

भरतपुर नगरपालिकामा कांग्रेस – माओवादी केन्द्र  गठबन्धनकी रेणु दाहालले एमालेसँगको मत अन्तर घटाउँदै ल्याउनुभएको छ । बिहानसम्म एमालेका देवी ज्ञवालीभन्दा ३ हजार १  मतले पछि रहनुभएकी दाहाल, अहिले २ हजार ६ सय ६६ मतले मात्र पछि हुनुहुन्छ ।  पछिल्लो परिणाम अनुसार देवी ज्ञवालीले २८ हजार ६९ मत पाउनुभएको छ भने रेणु दाहालले २५ हजार ४ सय ३ मत ल्याउनुभएको छ ।

मेयर
एमाले, देवी ज्ञवाली – २८ हजार ६९
माओवादी केन्द्र, रेणु दहाल – २५ हजार ४ सय ३
राप्रपा, बद्री तिमिल्सिना – २ हजार ६ सय ५५

उपमेयर
कांग्रेस, पार्वती शाह – २५ हजार १ सय ५३
एमाले, दिब्या शर्मा – २२ हजार ८ सय ३८
राप्रपा, रिना गुरुङ – २ हजार ८ सय २१

पोखरा लेखनाथ महानगरपालिका

पोखरा लेखनाथ नगरपालिकाको पछिल्लो मतगणना अनुसार एमालेका मानबहादुर जिसीले ३७ हजार ४ सय ५१  र नेपाली कांग्रेसका रामजी कुँवरले ३० हजार २ सय ७७ मत पाउनुभएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका

यस्तै हेटौंडा उपमहानगरपालिकामा पनि एमालेले अग्रता कायमै राखेको छ । पछिल्लो मत परिणाम अनुसार हैटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका हरिबहादुर महत ५ सय ७७ मतले अगाडि हुनुहुन्छ । महतले २२ हजार १ सय ९७ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका आनन्दराम पराजुलीले २१ हजार ६ सय २० मत पाउनुभएको छ ।

भक्तपुर चाँगुनारायण नगरपालिका

भक्तपुरको चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएको चार दिन बितिसकेको छ । मतगणना सुरु गर्नका लागि सर्वपक्षीय बैठक बसे पनि नेपाली कांग्रेस र एमालेको विवादका कारण मतगणना सुरु हुन नसकेको हो । दलहरुबीचको छलफलमा सहमति हुन नसकेपछि निर्वाचन आयोगलाई समस्याका बारेमा लेखी पठाउने र निर्वाचन आयोगका निर्देशन अनुसार कार्य गर्नका लागि भने दलहरु सहमति भएकाले आयोगलाई पत्राचार गर्ने निर्णय भएको छ । त्यहाँ नेपाली कांग्रेस लगायतका दलले घोषणा भइसकेका वडाको पनि पुनः मतगणना गर्न माग गरेका छन् ।

दोलखाको मेलुङ गाउँपालिका

मेलुङ गाउँपालिकाको वडा नम्बर १, २ र ३ को गणना गर्दा नेकपा एमाले अध्यक्षमा अगाडि छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षका उम्मेद्वार बर्मा लामाको १ हजार ८ सय ३० मत आएको छ । नेकपा एमालेबाट अध्यक्षका उम्मेद्वार नर बहादुर श्रेष्ठको २ हजार १ सय ७१ मत आएको छ । यसैगरी उपाध्यक्षमा एमालेकी उम्मेद्वार कल्पना भण्डारीको २ हजार २ सय १६ मत आएको छ भने माओवादी केन्द्रका उम्मेद्वार कृष्ण बहादुर कार्कीको १ हजार ४ सय ३० मत आएको निर्वाचन अधिकृत दुर्गा प्रसाद भुर्तेलले जानकारी दिनुभयो । अहिले गाउँपालीकाको वडा नम्बर ४ र ५ को मतगणना सुरु भएको छ । @Ujyaaloonline

LEAVE A REPLY