पोखरा, २५ चैत । स्थानिय तहको निर्वाचनमा महिलाहरुको अर्थपुर्ण सहभागिता हुनुपर्नेमा पोखरामा आयोजित एक कार्यक्रममा वोल्ने वक्ताहरुले जोड दिएका छन् ।
राष्ट्रिय परोपकार महासंघ नगर स्तरिय नारी समुहले शुक्रवार परोपकार महासंघको केन्द्रिय कार्यालयमा आयोजगाा गरेको स्थानिय तहको निर्वाचनमा महिला सहभागिता विषयक अन्तरक्रिया तथा नेत्तृत्व विकास तालिमको उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले उक्त कुरामा जोड दिएका हुन् ।
स्वास्थ दिवसका अवसर तथा स्थानिय निकायको सन्दर्भमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि राष्ट्रिय परोपकार महासंघका केन्द्रिय अध्यक्ष युवा पं कमलनयन गौतमले मात्तृशक्तिको सशक्तिकरण आजको आवश्यकता भएको भन्दै पुरुषहरुले समेत महिला विकासमा साथ दिनुपर्ने वताउनु भयो । उहाँले व्यक्तिगत र राजनैतिक स्वार्थ भन्दा पनी परोपकारी र विकासप्रेमी नेत्तृत्व समाज र राष्ट्रका लागि आवश्यक भएको वताउनुभयो ।
कर्यक्रममा नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष लक्ष्मी पाण्डे, नेकपा एमाले अनुसासन विभाग सदस्य तथा अनेम संघका केन्द्रिय सदस्य मित्र कुमारी गुरु∙ सुवेदी र नेकपा माओवादीका केन्द्रिय सदस्य तथा महिला उद्यमी गोमा ढकालले महिलाहरुको स्थानिय तहमा ५० प्रतिशत सहभागिता हुनुपर्नेमा जोड दिए । साथै स्थानिय तहको सहभागिताका लागि आफ्नो नेत्तृत्व विकास गर्नुपर्ने र यस्ता खालका कार्यक्रम टोलटोलमा आयोजगाा गरिनुपर्नेमा समेत जोड दिएका थिए ।
अध्यक्ष रेनुथापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक जागरणका लागि नारी अभियानका सदस्य पार्वती कार्की र कल्पना क्षेत्री, कार्यक्रम संयोजक संगिता मर्सानी केसी लगायतले वोलेको कार्यक्रममा स्वागत उपाध्यक्ष सरीता कार्कीले र कार्यक्रम सञ्चालन अंविका ढकालले गरेकी थिइन् भने प्रशिक्षण नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सुष्मा पौडेलले दिएकी थिइन् । शनिवार युवा पं कमलनगन गौतमले सकारात्मक सोच सम्वन्धि, अधिवक्ता जनकल्याण पराजुलीले कानुन सम्वन्धी र पत्रकार सुष्मा पौडेलले वोल्ने कला र आम संचारमा महिला पहुच सम्वन्धी प्रशिक्षण दिने छन् ।

LEAVE A REPLY