नेपाली चलचित्र सेतो सूर्य (ह्वाइट सन) ओस्कारको एकेडेमी अवार्डमा प्रतिष्पर्धा गर्ने भएको छ ।

ओस्कारको आधिकारिक साइटमा ९० औं एकेडेमी अवार्डको ‘उत्कृष्ट विदेसी भाषाको चलचित्र’ अन्तरगत ह्वाइट सन छनौटमा परेको उल्लेख गरिएको छ ।

चलचित्रमा नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको माओवादी द्वन्द्वको प्रभाव समेटिएको छ । उक्त कालखण्डमा करिब १६ हजारको ज्यान गएको थियो ।

दिपक रौनियार निर्देशित चलचित्रमा दयाहाङ राईले प्रमुख भूमिका निर्वाह गरेका छन् । पहाडी सानो गाउँको मुखिया मारिएपछि सुरु भएको घटनाक्रमलाई चलचित्रमा देखाइएको छ ।

हलिउड फिल्मको चर्चित साइट हलिउड रिपोर्टर डटकमले ह्वाइट सूर्यको विविध पक्ष केलाउँदै ‘पुरस्कारको दाबेदार’ भनि उल्लेख गरेको छ ।

सन् १९९९ मा एरिक भ्याली निर्देशित ‘क्याराभान’ पछि ओस्कारमा रौनियारको यो दोस्रो चलचित्रले दह्राे प्रतिष्पर्धा गर्दैछ ।

यसबीचमा मिन भामको ‘कालो पोथी’ लगायत ७ चलचित्रले उपस्थिती जनाइसकेका छन् । एकेडेमी अवार्ड समारोह आगामी वर्ष मार्च ४ मा हुनेछ ।

LEAVE A REPLY