पोखरा, १० मंसिर । सुजुकी टु ह्विलर्सको मेगा एक्सचेन्ज मेला सुरु भएको छ । मेलामा कुनैपनि पुरानो मोडलसँग नयाँ सुजुकी बाइक वा स्कुटर साट्न सकिने छ । पुरानो बाइक वा स्कुटरलाई न्यूनतम २५ हजार रुपैयाँ मूल्यांकन गरिने र बोनसको रुपमा १५ हजार रुपैयाँ प्रदान गरिने सुजुकी टु ह्विलर्सका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता हिमालयन अटो वर्डले जनाएको छ ।
मेला आगामी मंसिर १४ गतेसम्म चल्ने छ । जापानी मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनीको रुपमा परिचित सुजुकीका बाइक वा स्कुटरमा ५ वर्षसम्मको वारेन्टी उपलब्ध छ । हाल नेपालमा सुजुकीका जिक्सर एसएफ, जिक्सर र हायाते तथा एक्सेस १२५ र लेट्स स्कुटर उपलब्ध छन् ।

LEAVE A REPLY