म्यानमार, चैत २४ । म्यानमारकी नेतृ आङ साङ सुचीले देशभित्रका अल्पसंख्यक रोहिन्ग्या मुसलमान समुदायलाई लक्षित गरी हत्याका घटना नभएको दाबी गरेकी छन् ।रोहिन्ग्या मुसलमानमाथि म्यानमार सरकारले अत्याचार गरेको तथा उनीहरुको हत्या भएको भन्ने प्रतिवेदन आइरहेका बेला नेतृ सुचीले समस्या रहे पनि आमहत्या नभएको बताएकी हुन् ।

बीबीसीलाई अन्तर्वार्ता दिँदै नेतृ सुचीले रोहिन्ग्या मुलमानको बसोबास रहेको राज्यमा समस्या रहेको तर बाहिर आएजस्तो रोहिन्ग्या मुसलमान समुदायको हत्याको नभएको दाबी गरेकी हुन् ।मानवअधिकारवादी नेतृको छवि बनाएकी सुची रोहिन्ग्या समुदायका बारेमा मौन बस्दै आएको भन्दै आलोचना हुँदै आएको छ ।

@एजेन्सी

LEAVE A REPLY