सुरेश राज अधिकारी
पोखरा,०५ बैशाख l मत गणना हुने ठाँउमा सुचना अधिकृत राख्न पत्रकारहरुले अनुरोध गरेका छन् । क्षेत्रिय निवार्चन कार्यलय पोखरा र नेपाल पत्रकार महासंघ कास्की शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा पत्रकार हरुले सुचना लिन सजिलो बनाउनको लागि यस्तो गर्न अनुरोध गरेका हुन ।
दुई संस्थाले सयुक्त रुपमा आयोजना गरेको संचारर्मीका लागि निवार्चन सम्बन्धी अभिमुखी कार्यक्रममा पत्रकारहरुले अघिल्ला अघिल्ला चुनाबमा सुचना लिनकोलागि सजिलो नभएको समेत बताए ।
उक्त कार्यक्रमा क्षेत्रिय निर्वाचन अधिकृत गंगालाल सुबेदि, नेपाल पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाउयत संञ्चारकर्मी, ईन्जीनयर सुदिप अर्याल, लगायतले भनाई राखेका थिए । भने स्थानिय तहको निर्वाचन हुन अब २६ दिन बाँकी रहेको छ । स्थानिय तहका उमेद्दवारहरुले निवार्चनको लागि बढिमा १५ दिन प्रसार प्रचार गर्न समय रहेको छ ।

LEAVE A REPLY