काठमाडौं, २८ चैत । सरकारले संसदको प्रक्रियामा रहेको संविधान संशोधन फिर्ता लिएको छ । र, भोलि नयाँ संशोधन संसदमा दर्ता गर्ने निर्णय गरेको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रदेश नम्बर ४ को सीमांकन हेरफेर गर्ने प्रस्तावसहितको संशोधन फिर्ता लिएको छ । एमालेसहितका दलको विरोधका बीच सरकारले अघि बढाएको यो विधेयक संसदको प्रक्रियामै थियो ।साथै सीमांकनलाई आयोगबाट टुंगो लगाउने गरी नयाँ संशोधन अघि बढाउने निर्णय गरेको छ ।

भाषा, नागरिकता र राष्ट्रिय सभा सम्वन्धी पुरानै प्रस्ताव अघि बढाइएको छ । राष्ट्रिय सभाको निर्वाचक मण्डलबाट स्थानीय तहका प्रमुख र उपप्रमुखलाई डिलिंक गर्ने र २७४ मा संशोधन गर्नेसहित नयमँ संशोधन भोलि नै संसदमा सचिवालयमा दर्ता गर्ने सरकारको निर्णय छ ।
स्रोतका अनुसार सीमांकन आयोगको सिफारिस अनुसार सीमांकन हेफेर गर्दा सम्वन्धित प्रदेशको मात्र सहमति लिनु पर्ने व्यवस्थान गर्ने संशोधन प्रस्ताव छ ।

@Onlinekhabar

LEAVE A REPLY