फाईल तस्विर

लहान, चैत २८ । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलितबस्तीमा सोमबार साँझबाट सुरु भएको भीषण आगोलागीबाट अहिलेसम्म ४० ओटा घर जलेर नस्ट भइसकेको छ ।

स्थानीय हरिनारायण मण्डल(खत्बे)को परालको थुप्रोबाट सल्केर सुरु भएको आगोलागीमा २५ परिवारको ४० घर जलेर नस्ट भइसकेको र आगोलागी अझै पूर्णरुपमा नियन्त्रणमा आइनसकेको इलाका प्रहरी कार्यालय महेशवारी सिरहाका प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए ।

आगोलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के–कति धनजन क्षति भयो भन्ने यकिन हुन नसकेको प्रहरी नायब निरीक्षक चौधरीले बताए ।

साँझ ५ बजेबाट सुरु भएको आगोलागी स्थानीयवासी र प्रहरी मिलेर निभाउने प्रयास जारी राखेपनि आगोलागी अझै नियन्त्रणमा आउन नसकेको स्थानीयले बताएका छन् ।

आगो निभाउन लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रलाई खबर गरेपनि कुनैपनि बारुणयन्त्र आइनपुगेकाले आगो नियन्त्रणमा कठिनाइ भएको स्थानीय रामानन्द यादवले बताए ।

@रासस

LEAVE A REPLY