ः

पोखरा, २८ साउन । पोखरा नगर रेष्टुरेण्ट तथा बार एशोसियसन (सिटी रेवान) ले पिताम्वर पौडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार सम्पन्न सोह्रौं साधारण सभा तथा सातौं अधिवेशनले सिटी रेवानको तिन वर्षे कार्यकालका लागी अध्यक्षमा पौडेल, वरिष्ठ उपाध्यक्षमा दिपक तिमिल्सिनिा, द्धितिय उपाध्यक्षमा धर्मवन्दु सुवेदी, महासचिवमा जिवन दाहाल र सचिवमा सरगर लुईटेललाई चयन गरिएको छ ।

यस्तै कोषाध्यक्षमा रामप्रसाद ज्ञवाली, सह कोषाध्यक्षमा तुलसा जिसी तथा सदस्यहरु दयाराम सापकोटा, देवेन्द लम्साल, प्रेम सापकोटा, पं्रभा लामिछाने, यवनाथ ढकाल, अर्जुन खनाल, दिपक शर्मा, डिल्लीराज पाण्डे र मनोज कुमार केसिलाई चयन गरिएको छ ।

यसअघि अधिवेसनको उद्धघाटन गर्दै जिल्ला समन्य समितिका अध्यक्ष वैन बहादुर क्षेत्रीले पोखराको आन्तरीक पर्यटन प्रवद्र्धनका साथै आर्थीक शसक्तिकरणका क्षेत्रमा सिटी रेवानले महत्वपुर्ण भुमिका उल्लेख गर्नुभयो । साथै व्यावसायीक समस्या समाधानका लागी आवाश्यक समन्वयका लागी आफ्नो तर्फबाट यथासक्य सहयोग गर्ने समेत उहाँले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख अशोक सेनले व्यवस्थित रुपमा मर्यादित व्यावसाय संचालन गर्न व्यावसायीहरुलाई आग्रह गर्नुभयो । मर्यादित व्यावसायको आवाश्यक सुरक्षा प्रवन्धका लागी आफु सदैव तयार रहेको बताउनुभयो । साथै सामाजिक रुपमा विकराल बन्दै गएको लागुऔषधको समस्या समाधानमा नागरीक स्तरबाट सहयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो ।

मदिरा व्यावसायी संघका अध्यक्ष तारानाथ ढुंगानाले अधिकांस व्यावसायीहरुले अनाधिकृत रुपमा व्यावसाय संचालन गर्दा आफुहरुलाई मर्का परेको गुनासो गर्नुभयो । कार्यक्रममा बोल्ने विभिन्न व्यावसायीक संघ संस्थाका प्रतिनिधिहरुले व्यावसायीक एकतामा जोड दिएका छन् ।
सिटी रेवानका पुर्व अध्यक्षहरुले संस्थागत हित तथा विकासमा सर्मपित हुन सुझाव दिएका छन् । २०५७ सालमा स्थापना भएको उक्त संस्थामा करिब ३ सय व्यावसायीहरु आवद्ध रहेका छन् ।

LEAVE A REPLY