काठमाडौं, १७ साउन । सिआइबीको प्रहरी हौं भन्दै बिभिन्न ब्यक्तिहरू अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्ति काठमाडौं, भद्रकाली–७ कुमारीखेल बस्ने नुवाकोटको गेर्खु–३ फुलबारीका ३४ वर्षीय सुक्रराज तामाङलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो, महाराजगन्जले साउन ११ गते काठमाडौं बासबारीबाट पक्राउ गरेको छ ।

बिभिन्न ब्यक्तिहरूलाई सुन्दर युवती मार्फत् हनि ट्रयाप बनी सिआइबीको प्रहरी हौ भन्दै नियन्त्रणमा लिई अपहरण तथा शरीर बन्धक बनाई यातना तथा फिरौती लिने गिरोह सकृय रहेको सूचनाको आधारमा खटिएको प्रहरीले उक्त गिरोहमध्येका कुविन भन्ने कोलबहादुर थापा मगर तथा शरू केसी भन्ने आसिका परियारलाई काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीबाट गत असार २ गते पक्राउ गरेको हो ।

सोही मुद्धाका मुख्य प्रतिवादीहरू कुमानन्द भन्ने कोमानन्द खड्का र नविनकुमार राई अपहरण तथा शरीर बन्धक मुद्धामा हाल पुर्पक्षको लागि नख्खु कारागारमा थुनामा रहेको र सोही मुद्दाका मुख्य फरार प्रतिवादी सिआइबीको नक्कली डिएसपी बन्ने निज सुक्रराज तामाङलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्धामा निज उपर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

LEAVE A REPLY