पोखरा, ४ भदौ। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरले हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ।

कार्यक्रममा सामुदायिकमा आवद्ध कार्यसमिति पदाधिकारी, सदस्य, साधारण सदस्य तथा केन्द्रसँग समन्वय गरेर काम गर्ने विभिन्न आम समूहका प्रतिनिधिको सहभागिता रहको थियो।

केन्द्रका सदस्य तथा आम समूहका प्रतिनिधिबीचको सम्वन्धलाई प्रगाढ बनाउने उद्देश्यले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रममा सहभागिले एक आपसमा शुभकामना आदना प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रहरी निरीक्षक चन्द्रा गुरुङले तीज पर्वलाई महिलाहरुले अधिकार स्थापित गर्ने पर्वको रुपमा मनाउनु पर्ने बताइन्।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षमा भएको कार्यक्रममा कार्यक्रम संयोजक तथा केन्द्रका सल्लाहकार पुरुषोत्तम श्रेष्ठले स्वागत र सचिव रामभूषण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए।

LEAVE A REPLY