पोखरा, १७ भदौ। सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको १४ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

साधारण सभाको उद्घाटन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरि गौतमले समाजमा हुने विकृती र विसंगति न्यूनिकरण गर्नका लागि सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए।

‘समाज हुने गलत संस्कारका कारण विकृति र विसंगति बढेको छ’– उनले भने–‘संस्कारको विकास गर्न सके विकृति विसंगति र अपराध आफै न्यूनिकरण हुन्छ।’

अपारधिक घटन न्यूनिकरण गर्ने आम नागरिकको पनि उत्तिकै दायित्व भएको उनको भनाइ थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले प्रहरी नगारिकको सहकार्यले नै अपराधिक गतिविधि न्यूनिकरण गर्न सकिने बताए।

कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक विष्णुहरि गौतम, प्रहरी उपरीक्षक अशोक सिंह, सामुदायिक सेवा केन्द्र एमव् सामुदायिक प्रहरी सेवा पृथ्वीचोकका अध्यक्ष जयराम अधिकारी, माटेपानीका अध्यक्ष कृष्ण आचार्य र सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरको कार्य क्षेत्र भित्र पर्ने स्थानीय जनप्रतिनिधिलाई स्वागत गरिएको थियो।

कार्यक्रममा एसइई परीक्षामा केन्द्रका सदस्यका छोरा छोरी मध्ये उत्कृष्ट अंक ल्याउन सफल नमुना चापागाईलाई नगद सहित सम्मान गरिएको थियो।

त्यसैगरी साधारण सभामा हंककका विजु गुरुङ र तृप्ती गुरुङले बाढी पीडितलाई पढाएको राहात रकम १० हजार पारस गुरुङले सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरकी अध्यक्ष जीवन अधिकारीलाई हस्तान्तरण गरेका थिए।

कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरका सचिव रामभूषण पराजुलीले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष कृष्ण पौडेलले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा सामुदायिकलाई सहयोग गर्ने व्यक्ति तथा संघ संस्थालाई मायाँको चिनो प्रदान गरिएको थियो।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवर, पोखरा लेखनाथ महानगर पालिका वडा नं. १९ का अध्यक्ष शोभामोहन पौडेल, सामुदायिक सेवा जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराई, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरका निर्वतमान अध्यक्ष पुरुषोत्तम श्रेष्ठ, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा माटेपानीका अध्यक्ष कृष्ण आचार्य, राष्ट्रिय माविका प्रध्यानाध्यापक वेदप्रसाद वस्तीले बोलेका थिए।

सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा पोखरा–१ बगरकी अध्यक्ष जीवन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनपति भण्डारीले स्वागत, संस्थापक अध्यक्ष सीता गुरुङले धन्यवाद र सहसचिव वसन्त बास्तोलाले कार्यक्रम सञ्चालन गरेका थिए।

LEAVE A REPLY