लेखनाथ,मंसिर १० । बाम गठबन्धन कास्की क्षेत्र नं १ प्रतिनिधी सभाका साझा उमेदवार खगराज अधिकारीले साविक लेखनाथमा रहेका सातैबटा ताललाई जोड्ने लिङ्करोड निर्माण गरि लेखनाथमा लेकसाईड बनाउने योजना आफुहरुसंग भएको बताएका छन् ।
चुनाव प्रचार प्रसारको क्रममा आफनो जन्मगाउ बेगनासको विभिन्न ठाउमा गरिएको घर दैलो पछि राखिएको कोणसभामा बोल्दै पुर्व स्वास्थ्य मन्त्री समेत रहेका अधिकारीले प्रदेश नं ४ को राजधानी पोखराको लेखनाथमा बनाउने देखि लेखनाथमा रहेका सातै वटा ताललाई जोडेर पोखराको लेकसाइडको अबस्थामा ल्याउन सकिने परिकल्पना आफुहरुको रहेको दावा गरेका हुन् ।
घरदैलोकै क्रममा मोहोरीयाचोकमा राखिएको कोण सभामा बोल्दै नेता अधिकारीले युवा अवस्थामा हुदाँ रोजगार र बृद्ध अवस्थामा सामाजिक सुरक्षा भत्ताको ब्यवास्था बाम गठबन्धनको सरकारले मात्र पुरा गर्नेमा विश्वास दिलाउदै देशको आर्थीक तथा सामाजिक विकासका लागि स्थायी सरकार चाहिन्छ त्यो सम्भावना आफुहरुसँग रहेकाले तपाईहरु ढुक्क भएर भोट दिनोस हामीहरु विकास दिनेछैं उनको भनाई रहेको थियो ।
सोही अवसरमा कास्की क्षेत्रनं १ प्रदेश सभा १ का साझा उम्मेदवार दिपक कोइराला (रुपक)ले अबको पाँच बर्ष भित्र कास्की क्षेत्रनं १ मा कोही सुकुम्बासी नहुने बताउदै कसैले पनि म सुकुम्बासी हुं भन्नु पर्ने अबस्था सृजना नहुनेमा ठोकुवा गरेका थिए ।
अब सुकुम्बासीहरुको आफनै नामको लालपुर्जामा घर हुने बताउदै नेता कोईरालाले सुकुम्मबासीलाई लालपुर्जा वितरणमा बाधक काग्रेस भएको भन्दै प्रदेशको सरकार बामपन्थीको बने पछि सुकुमबासीको जिवनमा नयाँ बहार आउने बताएका हुन् ।
घरदैलोकै क्रममा नेता तथा कार्यकर्ताहरुको ठुलो समुह आईतवार पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१को मोहोरिया,किमविसी,बेगनासताल,सुन्दरीडाडाँ,खोलाबेसी र तालबेसीका क्षेत्रमा पुगी आफना चुनावी एजेण्डा र यस क्षेत्रमा आवस्यक पर्ने विकास निर्माणका बारमा जानकारी लिएका थिए ।
कार्यक्रममा कास्की क्षेत्र नं १ का चुनाव प्रचार प्रसार संयोजक श्रीनाथ बराल,माओवादी केन्द्रका केन्द्रिय सल्लाहकार कोमलनाथ बराल,पोलिट ब्यूरो सदस्य लालमोहन तिवारी,केन्द्रिय सदस्य विष्णु पौडेल,एमालेका नेता विजयवावु बनवासी,टिकाराम पंगेनी लगाएत स्थानीय नेता प्रकाश भुजेल,गणेशवहादुर थापा लगाएतले आ आफनो धारणा राखेका थिए ।

LEAVE A REPLY