रसुवा, वैशाख २० – साढे चार लाख घुससहित अख्तियारको टोलीले रसुवामा दुईजनालाई रंगेहात पक्राउ गरेको छ ।

टोलीले चाइना पासका लागि चार लाख ५० हजार रुपँया घुस लिइरहेको अवस्थामा नौकुण्ड गाउँपालिकाको वडा १ र २ का वडा सचिव राजेन्द्रप्रसाद आचार्य र वडाका कार्यालय सहायक लाक्पा तामाङलाई पक्राउ गरेको हो ।

चाइना पास बनाइदिने भन्दै बाहिरी रसुवा भन्दा जिल्लाका व्यक्तिसँग ५० हजार लिइरहेको विशेष सुराकीको आधारमा गोसाइकुण्ड गाँउपालिका–६ को वडा कार्यालयबाट वडा सचिव र कार्यालय सहायकलाई अख्तियारले प्रक्राउ गरेको जनाएको छ । अनुसन्धानका लागि आयोगको केन्द्रिय कार्यालयमा लगिएको छ ।

LEAVE A REPLY