पोखरा, २० साउन । साइनिङ स्टार आवासीय मावि, लेकसाइड बैदाममा शुक्रबार अन्तरसदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

विद्यालयको वार्षिक कार्यतालिका अनुसार विद्यार्थीमा बौद्धिक क्षमताको बृद्धि होस् भन्ने उद्देश्यले आयोजित उक्त प्रतियोगिता जुनियर र सिनियर गरी दुई तहमा सञ्चालन भएको थियो ।

जुनियर तहमा सञ्चालन भएको प्रतियोगितामा सक्षम क्षेत्री, रन्जु गैह्रे, प्रिया पौडेल र उज्ज्वल ढकाल रहेको सेतो सदनले प्रथम स्थान हासिल गरेको थियो भने सजिना राई, कमलराज अधिकारी, सक्षम बराल र सुरक्षा के.सी. प्रतिस्पर्धी रहेको हरियो सदन दोस्े भएको थियो ।

यसैगरी सिनियर तर्फको प्रतियोगितामा एलिना श्रेष्ठ, नारायण पटेल, ज्यास्मिन राई र पूर्णिमा तिमिल्सिना सहभागी रहेको रातो सदन प्रथम भएको थियो भने सरिता सुवेदी, भावना रसाइली, प्रविन घर्ती र सागर डाँगी सहभागी रहेको निलो सदनले दोस्रो स्थान हासिल गरेको थियो ।

निकै नै प्रतिस्पर्धात्मक भएको उक्त प्रतियोगितामा जुनियर तर्फ शिक्षक कल्पना अधिकारी क्विज माष्टर रहनुभएको थियो भने सिनियर तर्फ अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेपाली शिक्षक पोष्टराज सुवेदीले क्विज माष्टरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य अर्जुन प्रसाद पाण्डेले विजेता विद्यार्थीहरु र सदनलाई बधाई दिदै ज्ञान बृद्धि गर्न कहिल्यै पछि नपर्ने धारणा राख्नुभयो ।

LEAVE A REPLY