पोखरा,चैत २६ l माछापुच्छ्रे गाउँपालिका वडा नं ४ लाहाचोकमा रहेको सभ्य समता वचत तथा ऋण सहकारी संस्थाले परिर्वतित संरचनामा गाउँपालिकामा सहकारीहरुलाई कसरी अघि वढाउने भन्ने वारेमा छलफल तथा दुई दिने तालिम सम्पन्न गरेको छ ।
तत्कालिन विभिन्न गाविसहरुमा स्थापित सहकारीहरु अहिले नयाँ संरचना वनेपछि मर्ज गरेर एउटै सहकारी वनाउदा राम्रो हुने विचार सहभागिहरुको रहेको छ । हाल गाउँपालिकामा २१ वटा सहकारीसंस्थाहरु विधिवत रुपमा दर्ता भएर संचालनमा रहेका छन् । एउटै सहकारी वनाएर पुँजी वृद्धि गरि सोही अनुसार प्रभावकारी रुपमा जनतालाई वैँकिङ सेवा प्रदान गनुपर्ने खाँचो सहभागिले औल्याए । लाहाचोकमा प्रधान कार्यालय रहेको सभ्यसमताले घाचोकमा शाखा स्थापना गरिसकेको छ भने छिटटै रिभानको अनन्त ठाँटीमा पनि सेवा केन्द्र खोल्ने तयारी गरेको छ ।
सहकारीले संचालन गरेको २ दिने हस्तकला तालिमको पनि शनिवार समापन गरिएको छ । तालिममा सहभागि ४० जना महिलाहरुलाई माला, व्याज लगायत हस्तकलाका विभिन्न सामाग्रीहरु वनाउन सिकाईको छ । सहभागिहरुलाई कार्यक्रमका प्रमुख अतिथि माछापुच्छ«े गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत वोधराज सापकोटाले प्रमाणपत्र वितरण गरेका थिए ।
सभ्य समताका अध्यक्ष चुनवहादुर उचैको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको उदेश्य निर्वतमान अध्यक्ष श्रीराम पौडेल, सहकारीको पृष्ठभुमी तथा आगामि योजनाहरुका वारेमा कोषाध्यक्ष डम्वरराज ढकाल, तालिमका प्रशिक्षक संगिता शर्मा पौडेल, स्वागत मन्तव्य उपाध्यक्ष लक्ष्मी पौडेल तथा संचालन सचिव रविन्द्र पौडेल गरेका थिए ।

LEAVE A REPLY