तस्बिर: रमेश तिमल्सिना

सुरेशराज अधिकारी
पोखरा २० चैत्र l दिगो बिकास लक्ष्य प्रप्तिका लागि सहकारी भन्ने मुल नारा लिएर पोखराको मानब अधिकार चोक देखी सुरु भएको ्याली न्युरोड हुदै सभागृह हलभित्र प्रवेश गरेर सभामा परीर्वतन भएको थियो ।
राष्ट्रिय सहकारी दिवसको अवसरमा ्याली आयोजना गरीएको थियो । ्यालीमा कास्की जिल्लाका विभिन्न शहकारीका कर्मचारी, सदस्य र संचालक सहभागी भएका थिए । बि.सं २०१३ देखी शहकारी दिवस बनाउन थालिएको हो । पोखराको सवारी साधनलाई पनि ्यालीले अस्थब्यस्थ बनाएको थियो ।
सभाको उद्दघाटन गदै राष्ट्रिय शहकारी संघका अध्यक्ष केशब बडालले शहकारीहरुले आफुमा भएको ज्ञान बड्नुपर्ने बताए । बडालले सबै शहकारीका प्रतेक सदस्यले सामाजिक उत्तरदायित्व बहन गनुपर्ने बताउदै ज्ञान बाड्नुपर्ने बताए । उनले भने‘‘ सहकारीको सदस्य बन्नु भनेको समुदाय र राष्ट्रप्रतिको दायित्व बहन गर्नु हो” । बडालले शहकारीमा कुनै जाति, धर्म, लिङग्को आधार नहुने बताएका छन् ।
कार्यक्रममा राष्ट्रिय शहकारी संघ संचालक प्रभा कोइरलाले नेपाली जनताको रगत रगतमा शहकारी बगेको बताईन् । उनले सरकार भन्दा शहकारी अगाडी रहेको बताउदै सरकारले शहकारीलाई बुझ्न नसकेको बताईन् । उनले शहकारीको क्रमश बिकास भैरहेको जानकारी दिईन् ।
प्रमुख जिल्ला अधिकारी हरीप्रसाद मैनालीले गरीबी निवारण र आर्थिक बिकासको लागि शहकारीको महत्पुर्ण भुमिका रहेको जानकारी दिए ।
नेपाल बचत तथा ऋण केन्द्रिय शहकारी संघका संचालक भिम गुरुङले यो अभियान नै शहकारी बिकासको अभियान रहेको जानकारी दिए । उनले सबै शहकारीलाई आफ्नो कानुनी दायरामा बस्न अनुरोध गरेका छन् ।
केन्द्रिय दुग्ध उत्पादन लेखा समिति संयोजक युवराज पराजुली , जिल्ला शहकारी संघ उपाध्यक्ष रन्जु सुबेदी ले भनाई राखेका थिए । जिल्ला शहकारी संघ कास्की अध्यक्ष हरीभक्क्त पौडेलको अध्यक्षतामा कार्यक्रम संचालन गरीएको थियो ।
सोही कार्यक्रम अन्तरर्गत मुल आयोजक समितिले रक्तदान, सरसफाईको आयोजना गरेको थियो ।

LEAVE A REPLY