सल्यान, कात्तिक १५ – सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर ८ स्थित रिठाघारीमा भे १ ज ९२७ न जिप दुर्घटना भएको हो ।

दुर्घटनामा दुई जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । ज्यान जानेमा सुर्खेत भेरीमालिका नगरपालिकाका अन्दाजी २५ वर्षका देवराज कामी र विरेन्द्रनगर नगरपालिका निवासी ३४ वर्षकी धनमाया नेपाली रहेका छन् । जिपमा सवार ९ जना महिला, ३ पुरुष र ६ जना बालबालिका घाइते भएका हुन् । जिप सडकबाट झन्डै २० मिटर तल खोलामा खसेको छ । दुर्घटनामा घाइते भएका केहीलाई मेहलकुनामा उपचारको लागि पठाइएको र बाँकीको उद्दार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी उपरीक्षक धर्म केसीले जानकारी दिनु भयो ।

सुर्खेतको मेलकुनाबाट कुपिण्डे ताल घुमेर फर्किने क्रममा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप के कति कारण दुर्घटना भएको हो त्यसको अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।

  • UNN.COM.NP

LEAVE A REPLY